कारोबार


अमेरिकी डलरको मूल्य निरन्तर उकालो

अस्ट्रेलियन डलर, युरो र पाउन्ड थप सस्तिए
अमेरिकी डलरको मूल्य निरन्तर उकालो

नेपालखबर
साउन १४, २०८२ बुधबार ५:१४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। हिजो पनि यी मुद्रा महँगिएका थिए। 

तर, आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। हिजो पनि यी मुद्राको मूल्य घटेको थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा छ। हिजो आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा छ। हिजो युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा थियो। 

त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५३ रुपैयाँ ७० पैसा र बिक्रीदर ४५५ रुपैयाँ ६६ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५५ रुपैयाँ २४ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६८ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad