गण्डकी


पोखराबाट सुर्खेत जाँदै गरेको बस तनहुँमा पल्टियो, २५ जना घाइते

पोखराबाट सुर्खेत जाँदै गरेको बस तनहुँमा पल्टियो, २५ जना घाइते

तनहुँको म्याग्दे गाउँपालिका-४ घुम्तीमा मङ्गलबार दुर्घटना भएको ना ७ ख ६८४१ नम्बरको बस। तस्बिरः सानेबहादुर नेपाली/रासस


नेपालखबर
जेठ ६, २०८२ मंगलबार २१:३१, दमौली (तनहुँ)

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ घुम्तीमा आज मंगलबार दिउँसो बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना५ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन्। चालकले नियन्त्रण गुमाउँदा बस सडकदेखि अन्दाजी २० मिटर तल खोल्सामा खसेको हो। 

बस दुर्घटनामा घाइतेको प्रदेश अस्पताल दमौली, रत्नहरि अस्पताल दमौली र म्याग्दे पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। 

दुर्घटनामा बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ बस्ने २९ वर्षीय शेरबहादुर वली, सहचालक कास्कीको पोखरा महानगरपालिका-२१ बस्ने २६ वर्षीय सञ्जय अधिकारी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ बस्ने २८ वर्षीय अशोक विकसमेत घाइते भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad