गण्डकी


गण्डकी प्रदेश सरकारले मुस्ताङमा विश्वकै ‘हाइ अल्टिच्युट’को खेल मैदान निर्माण गर्ने

गण्डकी प्रदेश सरकारले मुस्ताङमा विश्वकै ‘हाइ अल्टिच्युट’को खेल मैदान निर्माण गर्ने

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १८:५४, काठमाडौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ पोखरा भएको बताएका छन्। 

बिहीबार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै  मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश पर्यटकीय गतिविधिका लागि सम्भावनाले भरिपूर्ण भएको क्षेत्र भएकाले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको बताए।

उनले गण्डकी प्रदेशलाई खेल पर्यटनबाट विश्वमाझ परिचित गराउन मुस्ताङमा विश्वकै हाइ अल्टिच्युटको खेला मैदान निर्माणको काम भइरहेको समेत जानकारी दिए।

‘संसारकै हाइ अल्टिच्युटको खेल मैदान मुस्ताङमा बनाइ रहेका छौँ,’ पाण्डेले भने, ‘त्यो खेल्नका लागि मात्रै होइन। त्यो हाइ अल्टिच्युट मैदानमा आएर कोही पनि संसार भरका खेलाडीले एक पटक त्यो खेलमैदानमा जाने इच्छा व्यक्त गरुन् र त्यहाँ पुग्ने संसारका खेलाडी र खेलको माध्यमबाट पनि प्रदेशलाई चिनाउन पर्छ भनेर त्यो क्षेत्रमा पनि कामहरु अगाडि बढाइ रहेका अवस्था छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad