तनहुँको डुम्रे-बेँसीसहर सडकखण्डमा शुक्रबार बस पल्टिँदा २० जना यात्रु भएका छन्।
डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका-१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो।
प्रहरीका अनुसार घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर छ।
उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ।
घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
‘गाडी साहु र चालकको खोजी भइरहेको छ’, उनले भने, ‘कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ।’ रासस
27
Shares

प्रतिक्रिया