राजनीति


रवि लामिछानेलाई पक्राउ गरेर रुपन्देही पठाउने तयारी

रवि लामिछानेलाई पक्राउ गरेर रुपन्देही पठाउने तयारी

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८१ शुक्रबार २०:१७, काठमाडौँ

सहकारी ठगी एवं संगठित अपराधका अभियुक्त रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएको छ। 

पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश दिएपछि प्रहरीले पक्राउ गरेर रुपन्देही पठाउने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।

‘उच्च अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा पठाउन पक्राउ गरी पठाइदिनू भनेर रुपन्देही प्रहरीले पत्राचार गर्छ। त्यो पत्र प्राप्त हुनासाथ हामीले पक्राउ गरेर पठाइदिने हो,’ प्रहरी अधिकारीले भने।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेका हुन्।

यसअघि जिल्ला अदालतले छविलाल जोशीलाई थुनामा पठाउने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर उच्चले छविलाई थुनामा पठाउने आदेश सदर गर्दै रविलाई पनि थुनामा पठाउने आदेश गरेको हो।

यो आदेशसँगै पूर्व डीआईजी छविलाल जोशी पनि रिहा नहुने भएका छन्। यसअघि रवि र छविले कास्की, काठमाडौँ र चितवनमा धरौटी बुझाएर रिहा भएका थिए। तर त्यसपछि रुपन्देही पुग्दा जोशीलाई भने थुनामा पठाउने आदेश भएको थियो।  

यी चारवटै अदालतबाट धरौटीमा रिहा भएका लामिछाने केहीदिन अघि मात्रै पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका थिए। उनले सांसदबाट समेत निलम्बन फिर्ता लिन सभामुखलाई निवेदन दिएका थिए। रास्वपा नेताहरूले तााकेता गरेपनि सभामुखले भने निलम्बन फुकुवा गर्न नसकिने जवाफ दिएका थिए। 

त्यसको केही दिनमै उनलाई थुनामै पठाउने आदेश भएको हो। यसअघि कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा अनुसन्धान गर्न पक्राउ गर्दा पनि काठमाडौँस्थित पार्टी कार्यालयबाटै पक्राउ गरिएको थियो। त्यतिबेला उनले जहाजबाट जान नमानेपछि गाडीबाटै पोखरा लगिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad