गण्डकी


नौ हजार विद्यार्थी रहेको पोखराको पीएन क्याम्पसमा स्ववियु निर्वाचन आज

नौ हजार विद्यार्थी रहेको पोखराको पीएन क्याम्पसमा स्ववियु निर्वाचन आज

नेपालखबर
चैत १०, २०८१ आइतबार ७:२३, पोखरा

पोखरास्थित पृथ्वीनारायण (पीएन) क्याम्पस मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज (चैत १० गते) हुँदै छ। 

निर्वाचन समितिले अहिले बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकेको छ।

९२७० मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा ६ विद्यार्थी संगठन र २ स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका छन्।

जसअनुसार एमालेको अनेरास्ववियुबाट विष्णु पौडेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, एकीकृत समाजवादीको अनेरास्ववियू, विप्लवनिकट अखिल समाजवादी र वैद्यनिकट अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्‌बाट दिप्सन गुरुङ र अखिल छैटौँबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।

यसअघि चैत ५ गते हुने भनिएको मतदान मतपत्र विवादका कारण बिथोलिएको थियो। अखिल छैटौँको चुनाव चिह्नबिना मतपत्र छापिएपछि विवाद भएको थियो। 

आज हुने मतदानका लागि सबै तयारी पूरा भएको अधिकृत प्राडा रामचन्द्र पोखरेलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad