समाज


आज विश्व मौसम विज्ञान दिवस

आज विश्व मौसम विज्ञान दिवस

नेपालखबर
चैत १०, २०८१ आइतबार ७:३९, काठमाडौँ

आज विश्व मौसम विज्ञान दिवस। जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधि गरेर यो दिवस आज विश्वभर मनाइँदै छ।

सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो। 

प्रारम्भमा यस दिवसमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएको थियो।

तर, विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता, विश्वलाई नै प्रभाव पार्ने सङ्कटपूर्ण परिस्थिति उत्पन्न भएको छ। 

यसै सन्दर्भमा यस वर्ष यो दिवसमा संयुक्त राष्ट्रसङ्घले जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad