गण्डकी


ग्यास चुहिएर आगलागी हुँदा दूध ग्राहकको मृत्यु, घरधनी गम्भीर घाइते

ग्यास चुहिएर आगलागी हुँदा दूध ग्राहकको मृत्यु, घरधनी गम्भीर घाइते

प्रतीकात्मक तस्बिर


नेपालखबर
पुस २१, २०८१ आइतबार १४:२०, काठमाडौँ

पर्वतको कुश्मा नगरपालिका-१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।

पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा ग्यास चुहिएर एक्कासि आगलागी हुँदा छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो। पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन्।

घटनामा घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए। उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ। 

आगलागीलगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad