गण्डकी


पोखरामा राँगाले हान्दा शिक्षकको मृत्यु

पोखरामा राँगाले हान्दा शिक्षकको मृत्यु

धनञ्जय आचार्य


नेपालखबर
असोज २४, २०८१ बिहिबार १०:३६, पोखरा

पोखरामा राँगाले हान्दा एक व्यक्तिको मृत्यु भएको छ। 

प्रहरीका अनुसार राँगाले हान्दा पोखरा महानगरपालिका-३३ का धनञ्जय आचार्यको मृत्यु भएको हो।

दाजुको भैँसी फार्ममा रहेका भैँसी र राँगा चराउन जाँदा उनलाई राँगाले लघारेर हानेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता, डीएसपी हरि पौडेलले जानकारी दिए। 

उक्त घटना गत मंगलबारको हो।

आचार्य आफ्नो दाजुको भैँसी फार्म पुगेर भैँसी र राँगा चराउन निकालेका थिए। भैँसी चराउने ठाउँमा राँगाले लघारेर उनको मृत्यु भएको अनुसन्धानमा देखिएको डीएसपी पौडेलले बताए। 

राँगाले कुल्चिएको र सिङले उधिनेका चोट शरीरभरि देखिएको उनले बताएका छन्।

मंगलबार साँझ भैँसी र राँगा गोठ फर्किए पनि चराउन गएका आचार्य नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले खोजतलास गर्दा मंगलबार उनी भेटिएनन्। बुधबार फेरि खोज्दा उनको शव भेटिएको डीएसपी पौडेलले बताए।

आचार्य पोखरा ३३ का जनचतेना माविका शिक्षकसमेत हुन्।

उनको निधनमा पोखराका मेयरले शोक प्रकट गरेका छन्। धनञ्जय मेयर आचार्यका आफन्त हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad