ad ad

गण्डकी


एमालेलाई ४ वटा दिनुपर्ने भएपछि गण्डकीमा मन्त्रालय संख्या बढाएर ९ पुर्‍याइयो

एमालेलाई ४ वटा दिनुपर्ने भएपछि गण्डकीमा मन्त्रालय संख्या बढाएर ९ पुर्‍याइयो

नेपालखबर
भदौ १६, २०८१ आइतबार १८:१६, पोखरा

गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाएर ९ पुर्‍याइएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। केन्द्रीय सत्ता समीकरणमा रहेका कांग्रेस र एमालेबीच भएको सहमति अनुसार एमालेलाई ४ मन्त्रालय दिनुपर्ने भएपछि यो निर्णय गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए।

हाल कायम रहेको ७ मन्त्रालयको संरचनामा पनि सैद्धान्तिक रुपले ९ मन्त्रालय रहेको र एमालेसँग गरिएको सहमति कार्यान्वयन गर्दा आफ्नो भागमा परेको मन्त्रालय कांग्रेसले स्वतन्त्र सांसद दीपक मनाङे र नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई मन्त्री कायम गरेको उनले बताए।

अब गण्डकीमा सामाजिक विकास मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद अनि उद्योग पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरण छुट्याइने छ।

बाँकी कृषि तथा भूमि व्यवस्था र उद्योग तथा पर्यटन मुख्यमन्त्रीसँगै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .