पुराना कार्यक्रमको निरन्तरता र केही नयाँ नारासहित गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।
प्रदेश प्रमुख डिल्लीराज भट्टबाट मंगलबार प्रदेश सभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा ‘जनतासँग प्रदेश सभा कार्यक्रम’ भन्ने नयाँ नारा समाबेश गरिएको छ।
प्रदेशको औचित्यमाथि प्रश्न उठिरहेको बेला जनतालाई प्रदेश सरकारका गतिविधिसँग जोड्न यो कार्यक्रम ल्याइएको हो।
प्रदेश सभा भवनको निर्माण गर्ने, प्रदेश प्रशासनिक केन्द्र र कर्मचारी आवास केन्द्र बनाउन अध्ययन प्रतिवेदन बनाउने नीति तथा योजनामा उल्लेख छ।
झोलुङ्गे पुल निर्माण र मर्मत–सम्भारलाई प्राथमिकता दिने प्रदेश सरकारको नीति छ। पोखरामा बहुतले पार्किङ भवन बनाउन प्रोत्साहन गर्ने प्रदेश सरकारले घोषणा गरेको छ।
45
Shares
प्रतिक्रिया