ad ad

गण्डकी


गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १६:४०, काठमाडौँ

गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली काग्रेस सहभागी नहुने भएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले प्रदेशसभाको उक्त बैठकमा सहभागी नहुने जनाएको छ।

कांग्रेस संसदीय दल, गण्डकी प्रदेशले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक तवरबाट बहुुमत प्राप्त गरेको घोषणा प्रक्रियाविरुद्ध कांग्रेस संसदीय दलले सर्वोच्च अदातलमा दायर गरेको रिटको अन्तिम सुनुवाइ नहुँदासम्म गण्डकी प्रदेशसभाको बैठक एवं प्रदेश सरकारका काममा पार्टीको सहभागिता नहुने जनाएको छ।
    

‘अदालतको आदेशको अवहेलना हुने गरी कामचलाउ प्रदेश सरकारले यही जेठ ११ गते दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरी आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमती रहेको छ’, नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अदालतको आदेश विपरित कार्य गरे गराइएमा कांग्रेस संसदीय दललाई मान्य नहुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम प्रदेश सरकार र आदेश उल्लङ्घन गर्ने पक्ष नै हुने विज्ञिप्तिमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .