ad ad

गण्डकी


सामुदायिक स्कुलमा विद्यार्थी घट्दै जानु चिन्ताजनक : पदम गिरी

सामुदायिक स्कुलमा विद्यार्थी घट्दै जानु चिन्ताजनक : पदम गिरी

तस्बिर : नेपालखबर


नेपालखबर
माघ १७, २०८० बुधबार १७:२७, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सामुदायिक विद्यालयहरूमा विद्यार्थी घट्दै गएकोमा चिन्ता ब्यक्त गरेका छन्।

पर्वतस्थित पूर्णेश्वर माद्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सवलाई बुधबार उद्घाटन गर्दै सांसद गिरीले सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता जनाएका हुन्। 

पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका गिरीले विद्यालयहरूमा निरन्तर विद्यार्थी घट्दै जाँदा सञ्चालनमा समस्या हुने गरेको उल्लेख गरे।

गुणस्तरीय शिक्षा ब्यवस्थापन गरी विद्यालयलाई मर्ज गरेर भए पनि चलाउनुपर्ने कुरामा गिरीले जोड दिए।

ग्रामीण क्षेत्रका कतिपय सामुदायिक विद्यालयहरुमा निकै कम मात्र विद्यार्थी हुने गरेको भन्दै उनले त्यस्ता विद्यालय मर्ज गरेर भए पनि गुणस्तरीय र सुविधायुक्त शिक्षा दिनुपर्ने गिरीले बताए।

वर्तमान शिक्षा प्रणालीमा अंग्रेजी माध्यमको अध्यापनमा विद्यार्थीको आकर्षण हुने गरेकाले सरकारी विद्यालयहरूले पनि त्यसलाई प्राथमिकता दिएर भर्नादर बढाउनुपर्ने गिरीले सुझाव दिए। 

गिरीले देशमा स्वास्थ्य, शिक्षा सरकारले नि:शुल्क गर्नुपर्ने बताउँदै शिक्षा क्षेत्र नेपालमा निकै महँगो बन्दै गएको बताए।

निजीका शिक्षालयहरूमा निकै महँगो शुल्कमा विद्यार्थीले अध्ययन गर्नुपर्ने बाध्यता रहेको गिरीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .