ad ad

गण्डकी


गण्डकीमा उम्मेदवारी दर्ता गराउँदै गठबन्धन र एमाले उम्मेदवार

गण्डकीमा उम्मेदवारी दर्ता गराउँदै गठबन्धन र एमाले उम्मेदवार

नेपालखबर
पुस २३, २०८० सोमबार १४:१६, पोखरा

गण्डकी प्रदेशका राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारहरू मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्।

सोमबार दिउँसो ३ बजेसम्मका लागि निर्धारित मनोयन दर्ताको समयअघि नै दुवै पक्षका उम्मेदवारहरू निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन्। 

गण्डकीमा एमालेले महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन  (मुस्ताङ) उम्मेदवार बनाएको छ।

गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन  (मुस्ताङ) उम्मेदवार भएका छन्। 

कांग्रेसबाट अपाङ्गतातर्फ पदमबहादुर परियार र अन्यतर्फ किरणबाबु श्रेष्ठले टिकट पाएका छन्। 

माओवादीबाट गण्डकीमा मनरुपा शर्मालाई अघि सारेको छ। राप्रपाबाट  गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारीलाई उम्मेदवार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .