गण्डकी


स्याङ्जामा श्रीमतीको हत्या गरी आत्महत्या

स्याङ्जामा श्रीमतीको हत्या गरी आत्महत्या

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १३:२६, स्याङ्जा

स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।

चापाकोट नगरपालिका–७, खासा बस्ने करिब ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर  हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए।

श्रीमान्‌ले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यसलगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए।

सोमबार साँझ खाना खाएर सुतेकी छोरी बिहान उठ्दा आमाबुवा उठेको नदेखेर कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवको भनाइ छ।

यसअघि पनि बेलाबखत श्रीमतीलाई कुट्ने र झैझगडा हुने गरेको जानकारी पाइएको प्रहरी निरीक्षक यादवले बताए।

हिजो राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन नभएको उनी बताउँछन्।

कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान सुरु भएको निरीक्षक यादवले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad