ad ad

गण्डकी


गण्डकी मन्त्रिमण्डल : अन्तिम समयमा काटियो दीपक मनाङेको नाम

गण्डकी मन्त्रिमण्डल : अन्तिम समयमा काटियो दीपक मनाङेको नाम

नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १६:४४, पोखरा

तनहुँका जीतप्रकाश आले गण्डकी प्रदेशका अर्थमन्त्रीले भएका छन्। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अन्तिम समयमा कांग्रेसकै सांसद आलेलाई मन्त्री बनाएका हुन्।

यसअघि नेकपा (एकीकृत समाजवादी)का सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई मन्त्री बनाइने  चर्चा भए पनि उनको नाम अन्तिम समयमा काटिएको हो।

 त्यस्तै, कांग्रेसबाटै महेन्द्रध्वज जिसी कृषि मन्त्री बनेका छन् भने सरस्वती अर्याल उर्जामन्त्री बनेकी छन्। यस्तै, दीपेन्द्रबहादुर थापा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

माओवादीबाट रेशम जुग्जाली भौतिक पूर्वाधार र सुशिला सिंखडा सामाजिक विकासमन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै शपथ ग्रहण गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .