वीर अस्पताल कर्मचारी युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा पदाधिकारी नियुक्ति गर्न माग गरेको छ।
कुलपति एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल र सहकुलपति एवंम स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै युनियनले तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेका हुन्।
युनियनले पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान र वीर अस्पतालमै कार्यरत वरिष्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नुपर्ने तथा पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवा तर्फबाट कम्तिमा ५० प्रतिशत पदाधिकारी नियुक्ति गर्न माग गरेको छ।
तत्काल नियुक्ति गर्न र पदाधिकारी नियुक्ति गर्दा वीर अस्पतालभित्रका वरिष्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नुपर्ने माग राखिएको युनियनका सचिव दिपक मुडभरिले बताएका छन्।
फागुन ३० गतेदेखि न्याम्समा पदाधिकारी रिक्त रहेको छ।
Shares
प्रतिक्रिया