ad ad

गण्डकी


गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १६:५५, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। बिहीबार बसेको प्रदेशसभाभ बैठकमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३५ र विपक्षमा २२ मत प्राप्त भएको छ। 

पाण्डे गत वैशाख १५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 

उनले नेपाली कांग्र्सको २७, माओवादी ७ र दीपक मनाङेको मत पाए। तर, राप्रपा भने तटस्थ बस्यो। यसअघि राप्रपाले एमालेका मुख्यमन्त्री खगराज अधिकारीलाई मत दिएको थियो। राप्रपाका तर्फबाट पञ्चराम गुरुङ मन्त्रीसमेत बनेका थिए।

विपक्षमा नेकपा एमालेका २२ सांसदले मत दिए।

गएको पुस २५ गते माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता खगराज अधिकारीले चैत ९ गते विश्वासको मत गुमाएपछि सुरेन्द्र मुख्यमन्त्री बनेका हुन्।

उनले कांग्रेसकी सरस्वती तिवारी अर्याल र माओवादी केन्द्रकी सुशीला सिम्खडा सम्मिलित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

हाल गण्डकीमा ७ वटा मन्त्रालय छन्।

जसमध्ये माओवादी केन्द्रले तीन मन्त्रालय मागेको छ भने नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि मन्त्री बन्न लबिङ बढाएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् विस्तारअघि नै विश्वासको मत लिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .