ad ad

गण्डकी


बेनी नगरपालिकामा किसानलाई घाँसको बीउ र औषधि वितरण

बेनी नगरपालिकामा किसानलाई घाँसको बीउ र औषधि वितरण

नेपालखबर
चैत २३, २०७९ बिहिबार ७:३०, काठमाडौँ

म्याग्दीमा किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको छ। बेनी नगरपालिकाको ६ वटा वडालाई समेटेको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको हो।
 
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला बाख्रा ब्यवसायी सङ्घमार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ। 

केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बाख्रा ब्लक निरन्तरता कार्यक्रमअन्तर्गत ६५ किसानलाई पालेको बाख्रा सङ्ख्याको आधारमा  औषधि र घाँसको बीउ वितरण गरिएको जानकारी दिए। 

गण्डकी प्रदेशका पशुपन्छी तथा मत्य विकास निर्देशनालयका निर्देशक डा मनबहादुर पुन, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले किसानलाई औषधि र घाँसको बीउ वितरण गरेका थिए।

सात सय ५० किलोग्राम सुदान, बजरा, टियोसेन्टी जातको घाँसको बीउका साथै आइभरनाइट ट्याब्लेट, मिनिरल र बाह्य परजीवीविरुद्धको औषधि वितरण गरिएको हो। 

व्यावसायिक बाख्रापालन विस्तार, मासुको उत्पादन वृद्धि, गुणस्तर सुधार र बजारीकरणमा सघाउने उद्देश्यले गत वर्षदेखि ब्लक कार्यक्रम सुरु भएको थियो। गत वर्ष ३९ किसान ब्लक कार्यक्रममा आबद्ध भएका थिए।

यस वर्ष १० भन्दा बढी बाख्रा पालेका किसानलाई कार्यक्रममा आबद्ध गराइएको जिल्ला बाख्रा व्यवसायी सङ्घका उपाध्यक्ष महेन्द्र बानियाँले बताए। 

म्याग्दीलाई मासुमा आत्मनिर्भर बनाउने तथा नश्ल सुधारका लागि आवश्यक उन्नत जातका बोका उत्पादन गर्ने लक्ष्य छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .