यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टमपछि आफन्तलाई शव बुझाउन थालिएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार पोखरामा पोस्टमार्टम गरिएकामध्ये सबैभन्दा पहिले सदाकत अलिमियाँको शव परिवारलाई हस्तान्तरण गरिएको हो। उनी पोखराकै बासिन्दा हुन्।
पोखराको सिद्धार्थचोकमा इलेक्ट्रिक सामानको नुरा इलेक्ट्रिक नामक होलसेल पसल चलाउँदै आएका सदाकत आफ्नी सानीआमालाई छाड्न काठमाडौं गएका थिए। उनकी सानीआमा (उमरा) मुस्लिम धार्मिक कार्यको लागि साउदी जाँदै थिइन्।
काठमाडौंबाट फर्कने क्रममा जहाज दुर्घटनामा उनको निधन भएको हो। परिवारको एक्लो छोरा रहेका सदाकतको घरमा २ वर्षकी छोरी छन्। उनको इस्लाम संस्कार अनुसार अत्येष्टि गरिने आफन्तले जानकारी दिए।
माघ २, २०७९, साेमबार
प्रतिक्रिया