गण्डकी


जातीय विभेद गर्ने पोखरा २४ का वडाध्यक्ष पक्राउ

जातीय विभेद गर्ने पोखरा २४ का वडाध्यक्ष पक्राउ

नेपालखबर
पुस २६, २०७९ मंगलबार १४:४६, पोखरा

जातीय विभेदको आरोप लागेका पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन्।

आफ्नै दलित महिला वडासदस्य मैया नेपालीमाथि जातीय विभेद गरेको उजुरीपछि कास्की प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो। 

पुस १८ गते भएको बजेट लक्षित महिला समूहको भेलामा वडाध्यक्ष भरतबहादुरले मैयामाथि अपशब्द प्रयोग गर्दै गाली गरेका थिए।

उनले भनेका थिए,‘वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्?’

मैयामाथि उनले यसअघि पनि यस्तै व्यवहार गर्दै आएको उजुरीमा उल्लेख छ। 

मैयाकै उजुरीको आधारमा पक्राउ परेका अधिकारीमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिबाट भएको जातीय दुर्व्यवहार र भेदभावविरुद्ध कानून अनुसार ५० प्रतिशत बढी सजाय माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad