गण्डकी


पोखराको जिपफ्लायर सबैभन्दा अग्लो र ठाडो

पोखराको जिपफ्लायर सबैभन्दा अग्लो र ठाडो

नेपालखबर
पुस ९, २०७९ शनिबार १७:४९, काठमाडौँ

पोखरामा रहेको जिपफ्लायरले विश्वकै सबैभन्दा अग्लो र ठाडोको विश्व रेकर्ड बनाएको छ। हाइग्राउन्ड एडभेन्चर प्रालिले पर्यटकका लागि साहसिक घुमाइको रुपमा स्थापना गरेको जिपफ्लायरको दूरी सराङकोटदेखि हेम्जासम्म रहेको छ।

आधिकारिक विश्व रेकर्ड नामक संस्थाले उक्त रेकर्ड राखेको प्रमाणित गरेको हो। ५६ डिग्रीमा झुकेको जिपफ्लायरको दूरी एक हजार आठ सय मिटर रहेको छ।

संचालकमध्येका एक दीनेश महर्जनका अनुसार अघिल्लो हप्तामात्रै विश्व रेकर्डको प्रमाणपत्र प्राप्त भएको हो। उनले विश्व रेकर्डका लागि ३ निकाय रहेको र पहिलो निकायबाट प्रमाणपत्र प्राप्त भएपश्चात अब दोस्रो र तेस्रो निकायबाट समेत विश्व रेकर्डको प्रमाणपत्र लिने तयारी गरिरहेको बताए। 

अब वल्र्ड बुक अफ रेकर्ड र गिनिज बुक अफ रेकर्डमा नाम सिफारिस हुनमात्रै बाँकी रहेको उनको भनाइ रहेको छ। उनले अबको एक महिनामा वल्र्ड बुक अफ रेकर्डले पनि प्रमाणित गर्ने बताए। 

उनका अनुसार जिपलाइन करिब एक हजार ५५० मिटरको छ। माथिदेखि तल (सराङकोट देखि हेम्जासम्म) हजार पाँच सय ५० मिटरदेखि ९ सय ५० मिटरमा झर्छ। त्यो भनेको ६ सय मिटरको ड्रप हुन्छ। जुन विश्वमा कहिँ पनि नभएको उनको जिकिर छ।

त्यही ड्रपले गर्दा बनेको डिग्री समेत विश्वकै पहिलो रहेको उनको भनाइ छ। ५६ डिग्रीमा बनेका कारण विश्वकै सबैभन्दा ठाडो भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad