बुधबार स्याङ्जामा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ।
बुधबार गल्यान नगलपालिका–६ पोलाकोटस्थित सिँचाइ पोखरीमा डुबेकी चार वर्षीया बालिका सोफिया गुरुङलाई बचाउन जाने क्रममा ३३ वर्षीय बिन्द्र गुरुङ पनि डुबेर घाइते भएका थिए।
उनीहरु दुवैलाई तत्काल उपचारको लागि वालिङस्थित प्राथमिक उपचार केन्द्रमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए।
यस विषयमा थप अनुसन्धानको काम भइरहेको खनालले बताए।
99
Shares

प्रतिक्रिया