गण्डकी


सवारीसाधनका चालकलाई जरिवानाबाट ६४ लाख राजस्व संकलन

सवारीसाधनका चालकलाई जरिवानाबाट ६४ लाख राजस्व संकलन

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०७९ बुधबार १०:७, म्याग्दी

म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा  ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार ४५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु ६३ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ।

प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व सङ्कलन गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक इन्द्रबहादुर नेपालीका अनुसार एक हजार ९५३ मोटरसाइकल चालकलाई कारबाही गर्दा रु १४ लाख ४३ हजार, एक हजार ३४४ ट्र्याक्टर चालकबाट रु आठ लाख ९९ हजार, चार हजार ४३६ जिप/कार चालकबाट रु २९ लाख ६२ हजार, ५३६ बस चालकबाट रु तीन लाख २५ हजार र एक हजार १८१ ट्रक चालकबाट रु सात लाख ६२ हजार जरिवाना असुली भएको छ।

सबैभन्दा बढी वैशाखमा एक हजार २५० सवारीसाधनका चालकलाई कारबाही गर्दा रु नौ लाख १५ हजार जरिवाना असुली भएको नेपालीले जानकारी दिए। आव २०७७/७८ मा चार हजार ८५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु ३० लाख ७३ हजार राजस्व सङ्कलन भएको थियो। आव २०७६/७७ मा तीन हजार ६०० सवारीसाधनका चालकलाई कारबाही गरेर रु २२ लाख १९ हजार, २०७५/७६ मा ६ हजार २०० सवारीसाधनका चालकबाट रु ४१ लाख ९३ हजार तथा आव २०७४/७५ मा आठ हजार ४०० सवारीसाधनका चालकबाट रु ५७ लाख ६६ हजार राजस्व सङ्कलन गरिएको नेपालीले बताए। 

गत वर्ष म्याग्दीमा भएका १८ दुर्घटनामा १५ जनाको ज्यान गएको थियो। नौ जना गम्भीर र नौ सामान्य घाइते भएका थिए। प्रहरी नायब निरीक्षक नेपालीले जाँचका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउन चालक, यात्रु र नागरिक लक्षित कार्यक्रम गर्दै आएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad