गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगानीमैत्री वातावरण तयार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।
लेखनाथ उद्योग वाणिज्य सङ्घको २६ औँ स्थापना दिवस एवम् २५ औँ साधारणसभाको साेमबार उद्घाटन गर्दै उनले गण्डकी प्रदेशलाई आर्थिक समृद्धिको राजधानी बनाउनका लागि निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य भएको बताए।
सरकारले लगानी गरेर उद्योगधन्दा सञ्चालन गर्नुभन्दा लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमा नै रोजगारीका सम्भावना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले निजी क्षेत्र र सरकारका बीचको सहकार्य अनिवार्य भएको उल्लेख गरे।
गण्डकी प्रदेशका ऊर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले उत्पादन बिना देश विकासको कल्पना गर्न नसकिने बताउँदै स्वदेशी कच्चापदार्थमा आधारित उद्योगधन्दा सञ्चालनका लागि राज्यले लगानी बढाएको विचार व्यक्त गरेका थिए।
Shares

प्रतिक्रिया