ad ad

रोचक


स्न्याप च्याटमा कुराकानी गर्ने अपरिचितसँग भेट्न ११ वर्षे बालकले चोरे कार

स्न्याप च्याटमा कुराकानी गर्ने अपरिचितसँग भेट्न ११ वर्षे बालकले चोरे कार

नेपालखबर
असोज ९, २०७६ बिहिबार १०:२२,

यो घटना अमेरिकाको साउथ क्यारोलिना राज्यमा भएको हो।

ती बालकले आफ्नै दाईको कार चोरेको जनाइएको छ। यद्यपी बालक र ती अपरिचित व्यक्तिको भेट भने हुन पाएन।

चाल्र्सटन प्रहरीका अनुसार ती बालकले ३ घन्टासम्म कार कुदाएका थिए। चाल्र्सटनदेखि २ सय माइल टाढाका अपरिचित भेट्न ती बालक किन गए? प्रहरी आश्चर्यमा परेको छ।

ती बालकले आफ्नो ट्याबलेटमा अपरिचित बस्ने स्थानको जीपीएस सिग्नल मार्क गरेका थिए।

बिच बाटोमा सिग्नल हराएपछि बालक अलमलमा परेका थिए। ती बालकले स्न्यापच्याटको कुराकानी पनि हेर्न सकेनन्। किनभने कुराकानीपछि उनीहरु च्याट डिलेट गर्दथे।

सिम्पसन भिल्लेका प्रहरीले बालकलाई कारमा देखेपछि त्यहाँबाट उद्धार गरेर उनका परिवारलाई खबर गरेका थिए।

यतिबेला उनी सुरक्षित छन्। बालक र उनका परिवारको परिचय खुलाइएको छैन।

प्रहरीले बालकसँग स्न्यापच्याटमा बोल्ने मानिस को हुन् भनेर अनुसन्धान गरिरहेको छ। डेलीमेल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .