रोचक


उत्तर प्रदेशः बिहे भइरहेका बेला नगद र गरगहना लिएर बेहुली फरार!

उत्तर प्रदेशः बिहे भइरहेका बेला नगद र गरगहना लिएर बेहुली फरार!

प्रतीकात्मक तस्बिर


नेपालखबर
पुस २१, २०८१ आइतबार ८:३९, काठमाडौँ

भारतको उत्तर प्रदेशको गोरखपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ। जहाँ बिहेका क्रममा बेहुली नगद र गरगहना लिएर भागेकी छन्।

बेहुलीसँगै उनकी आमा पनि विवाहस्थलबाट बेपत्ता भइन्। यसपछि बेहुला कुर्छन् तर बेहुली फर्किनन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार घटना गोरखपुर खजनी क्षेत्रको हो। जहाँ ४० वर्षीय किसान आफ्नो दोस्रो विवाहको अनुष्ठान पूरा गरिरहेका थिए।

सीतापुरको गोविन्दपुर गाउँका बासिन्दा उनकी पहिलो श्रीमतीको केही समयअघि मृत्यु भएको थियो। त्यसपछि उनले ३० हजार रुपैयाँ दिएर मध्यस्थकर्ताको सहयोगमा दोस्रो बिहेको चाँजोपाँजो मिलाएका थिए। 

बेहुलाले विवाहअघि बेहुलीलाई साडी र गहना दिएका थिए। बिहे खर्च पनि बेहुलाले नै बेहोरेका थिए। 

यसपछि बेहुली परिवारका सदस्यसँग विवाह गर्न मन्दिर पुगिन्। उनी आफ्नी आमासँग थिइन्। 

तर बिहेको संस्कार सुरु हुनेबित्तिकै शौचालय जाने बहाना बनाएर दुलही फरार भएकी हुन्। यसै क्रममा उनकी आमा पनि बेपत्ता भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad