ad ad

रोचक


आफूलाई चुनौती दिने बक्सर हारेपछि माइक टाइसन खुशीले नाचे (भिडियो)

आफूलाई चुनौती दिने बक्सर हारेपछि माइक टाइसन खुशीले नाचे (भिडियो)

नेपालखबर
फागुन ११, २०७६ आइतबार ११:३८,

गतवर्षको नोभेम्बर महिनामा अमेरिकी बक्सर ३४ वर्षीय डियोनटे वाइल्डरले आफूले माइक टाइसनलाई पराजित गर्ने बताएका थिए।

रिटायर्ड बक्सर टाइसन अहिलेको समयका बक्सर भए आफूले उनलाई पराजित गर्ने वाइल्डरले बताएपछि उनको यस अभिव्यक्ति विवादस्पद बनेको थियो।

हालै वाइल्डर एक हेभिवेट च्याम्पियन्सिपमा पराजित भएका छन्। शनिबार राति वाइल्डरलाई बेलायतका ३१ वर्षका बक्सर टाइसन फ्युरीले ७ औं राउण्डमा नकआउट गरे। फ्युरी दोस्रोपटक हेभिवेट च्याम्पियन बनेका हुन्।

टाइसन र वाइल्डर

(टाइसन नाचे)

आफूलाई चुनौती दिने वाइल्डरको खेल हेर्न टाइसन लास भेगस नै पुगेका थिए। वाइल्डर पराजित भएपछि टाइसन खुशीले नाचेको भिडियो यतिबेला भाइरल बनेको छ।

टाइसनले यसअघि वाइल्डरको अभिव्यक्तिमा प्रतिक्रिया जनाउँदै आफूलाई वाइल्डर मनपर्ने भएपनि उनले अहिलेसम्म कडा बक्सरसँग नभिडेको र उनले खेलेका खेलाडीको नाम अहिलेसम्म आफूले नचिनेको बताएका थिए।

टाइसनको पक्षमा अभिँदै अर्का रिटायर्ड बक्सर लेनोक्स लुविसले टाइसन वाइल्डरको समयका भएका भए टाइसनले उनको हड्डी भाँच्ने थिए भनेर प्रतिक्रिया जनाएका थिए।

Fury is a two-time heavyweight champion of the world

टाइसन फ्युरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .