युरोपेली देश इटालीको एक सहरले १ युरोमै घर बिक्री गरिरहेको छ। इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रमा रहेको बिसाक्सिया सहरले १ युरोमा घर बेचेको हो।
उक्त सहरका उपमेयर फ्रान्सेस्को टार्तालियाका अनुसार जीर्ण अवस्थामा पुगेका ९० वटा भवन बिक्री गर्न लागेको बताए। सीएनएनसँगको कुराकानीमा उनले समुदाय जोगाउन यस्तो अनौठो अफर गरिएको बताए। आफूहरुले परिवार, साथी र आफन्तहरुलाई स्वागत गर्ने उनको भनाइ छ। उक्त घरहरु स्थानीय सरकारको स्वामित्वमा रहेका छन्।
राम्रो भविष्यको खोजीमा मानिसहरुले छोडेपछि ती घरहरु वर्षौँदेखि अलपत्र रहेका छन्। त्यसो त इटालीकै अन्य सहरहरुले पनि यस्तो अनौठो अफर गरिरहेका समाचारहरु आएका छन्। अन्य सहरमा यसरी घर किन्ने प्रक्रिया झन्झटिलो भए पनि यो सहरमा भने सहजै गरिदिने अधिकारीहरुले प्रतिबद्धता जनाएका छन्।
ती घरहरुमध्ये कतिपय प्रवेशद्वार एउटै छ।
प्रतिक्रिया