ad ad

रोचक


दुर्लभ घटना : मानिसको दिमागबाट पहिलो पटक निकालियो जिउँदै किरो

दुर्लभ घटना : मानिसको दिमागबाट पहिलो पटक निकालियो जिउँदै किरो

नेपालखबर
भदौ १२, २०८० मंगलबार १६:३, काठमाडौँ

वैज्ञानिहरुले विश्वमै पहिलो पटक मानिसको दिमाग भित्रबाट जिउँदै किरो निकालेका छन्। 

अस्ट्रेलियास्थित एक महिलनाको मस्तिष्कमा ८ सेन्टिमिटरको जिउँदै किरो भेटिएको हो।

यी महिला मूलरूपमा बेलायतकी हुन्। गत साल महिलाको क्यानबरामा भएको सर्जरीका क्रममा दिमागको अगाडिको भागमा च्यातिएको टिस्युको एक 'तार जस्तो देखिने' कुरा निकालिएको थियो।

यो रातो रंगो किरो करिब एक महिनासम्म महिलाको दिमागमा बसेको अनुमान गरिएको छ।

शोधकर्ताहरुले यो किरो भेटिएपछि जनावरबाट मानिसमा रोगसहितको संक्रमण फैलिने सम्भावना अझै बढ्दै गएको बताएका छन्। 

क्यानबरा अस्पतालमा संक्रमण रोग विशेषज्ञ डाक्टर सञ्जया सेनानयेकले डाक्टरले केही असामान्य वस्तु देखेपछि ती महिलाको दिमागबाट निकाल्दा जिउँदै ८ सेन्टिमिटरको रात किरो भेटिएको बताए। त्यो देखेर अप्रेशन रुमका डाक्टर पनि चकित परे।

उनले यसलाई नयाँ किसिमको संक्रमण भन्दै यसभन्दा अघि यस्तो घटना विश्वमा कहीँ पनि नदेखिएको बताएका छन्। 

डाक्टरहरुले यस्तो किसिमको किरो अस्ट्रेलियामा आमरुपमा पाइने गरेको बताएका छन्। यो किरो कार्पेट पाइथन नामको सर्पमा पाइन्छ।

वैज्ञानिकका अनुसार सम्भवतः महिला एक ताल आसपास बस्थिन्। जहाँ खेती गरिएको हरियो सब्जी खाने क्रममा उनको दिमागमा किरो पुगेको हो।

इमर्जिङ इनफेक्सियस डिजिज जर्नलका अस्ट्रेलियन विशेषज्ञ मेहराब हुसैनले  महिलाले गल्तीले अजिंगरको मल र प्यारासाइटको अण्डबाट दूषित पात भएको वस्तु खाएको अनुमान गरेका छन्। 

यी महिलालाई सुरुमा सन् २०२१ को अन्तिममा अस्पताल भर्ना गरिएको थियो।  अहिले उनी निको हुँदै गएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .