ad ad

रोचक


जब संसद्‍ भवनभित्रै सांसदमाथि कागले हमला गर्‍यो

जब संसद्‍ भवनभित्रै सांसदमाथि कागले हमला गर्‍यो

नेपालखबर
साउन १०, २०८० बुधबार १४:५२, काठमाडौँ

भारतको राजधानी नयाँदिल्लीमा एकजना सांसदले कागको हमला झेल्नु परेको छ।

आम आदमी पार्टी सांसद राघव चड्ढा बुधवार संसद् परिसरमा एक मुस्किलमा फसे।

एक कागले उनीमाथि अचानक आक्रमण गर्‍यो। जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

तस्विर बाहिरिएपछि मानिसहरुले सामाजिक सञ्जालमार्फत राघवको अवस्थाबारे सोधपुछ गरेका छन्। .

अर्कातिर भारतीय जनता पार्टीले यसलाई लिएर सांसद राघव र आम आदमीमाथि कटाक्ष गरेको छ।

भाजपाको दिल्ली इकाईले आफ्नो ट्विटर ह्यान्डलमा राघव चड्ढाको उक्त तस्विर शेयर गर्दै कटाक्ष गरेको छ। जहाँ लेखिएको छ, 'झुठ बोले कौवा काटे।'

राघव चड्ढा भारतीय जनता पार्टीलाई लिएर संसद् र बाहिर पनि निक्कै आक्रमक देखिन्छन्। 

सोमबार आम आदमी पार्टीका सांसद सञ्जय सिंहलाई मनसुन सत्रका लागि निलम्बित गरिँदा राघवले कयौँ प्रश्न उठाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .