ह्यारीस सन् २०१८ यता कोरियाका लागि राजदूत छन्। हाल उनको जुँगाको विषयलाई लिएर कोरियाली जनताले विरोध गरिरहेका हुन्।
एक र्यालीमा कोरियाली नागरिकले ‘ह्यारीसलाई दक्षिण कोरियाको राजदूतबाट हटाउनु पर्छ’ भन्ने नारा लगाएका थिए। सोही प्रवृत्तिको पर्चा पनि बोकिएको थियो।
ह्यारीसको जुँगाको विरोधमा उत्रिएका प्रदर्शनकारीका अनुसार उनको जुँगाले जापानी उपनिवेशकालिन क्षणको झल्को गराउँछ।
सन् १९१० देखि १९४५ सम्म कोरिया जापानको उपनिवेश बनेको थियो। त्यसबेला जापानी गभर्नर तथा आर्मीका जनरलहरुले जुँगा पाल्दथे।
हिदेकी तोजो
दोस्रो विश्वयुद्ध ताका जापानका प्रधानमन्त्री हिदेकी तोजोको पनि जुँगा थियो।
राजदूत ह्यारीसको जन्म जापानी आमाबाट भएको हो। उनका अनुसार यसै कारणले पनि कोरियाली नागरिकले उनको आलोचना गरिरहेका छन्।
कोरियाको राजदूत भएपछि मात्र ह्यारीसले जुँगा पालेका हुन्। बीबीसी
प्रतिक्रिया