ad ad

रोचक


रुखलाई अँगाल्दै हिँड्ने केटी, भन्छिन् - यसो गर्दा तनावमुक्त भइन्छ

रुखलाई अँगाल्दै हिँड्ने केटी, भन्छिन् - यसो गर्दा तनावमुक्त भइन्छ

नेपालखबर
असार १४, २०८० बिहिबार १२:२५, काठमाडौँ

चिनियाँ एक महिला यतिबेला सामाजिक सञ्जालमा भाइरल छिन्। उनी भन्छिन्, 'रुखलाई अँगालो हाल्नु मेरो शौख हो।' उनको विश्वास छ कि रुखलाई अँगालो हाल्दा तनावमुक्त भइन्छ।

किशिशिकी नामकी ती महिला सांघाईको फरेस्ट पार्कमा रहेको एक हजार वर्ष पुरानो रुखलाई अँगालो हाल्दै भन्छिन्, 'म यसो गर्दा आराम र आनन्द महसुस गर्छु।' सामाजिक सञ्जालमा मे २३ मा 'रुखले मलाई आफ्नो अँगालोमा बेरेको छ' क्याप्सनसहित उनले पोस्ट गरेको भिडिओ अहिलेसम्म २ लाख बढीले हेरिसकेका छन्। जहाँ उनले रुखलाई अँगालो हाल्दा आफूभित्रको बोझ कम हुने बताएकी छन्।

एउटा लेखमा रुखलाई अँगालो हाल्दा आनन्द महसुस हुने र स्वास्थ्यका लागि पनि त्यो फाइदाजनक हुने पढेकी थिइन्। सोही लेख पढेपश्चात् उनी रुखलाई अँगाल्दै हिँड्न थालेकी हुन्। उनी घण्टौँ रुखलाई अँगालो हालेर बस्छिन्।

गएको अप्रिलमा उनी आफ्ना पतिसँग मदिरा पिएर बसिरहेकी थिइन्। अलिकति लठ्ठिएपछि उनी सांघाईको सडकमा निस्किइन् र पहिलोपटक रुखलाई अँगालो हालिन्।

त्यो न्यानो र आनन्ददायक अँगालोपछि आफू अन्य रुखहरू खोज्दै हिँडेको र हरेक दिन रुखलाई अँगालो हाल्दै हिँडेको बताउँछिन्।

तर गम्भीर थेरापीका लागि यो विधि उपयुक्त नहुने सुझाव उनी दिन्छिन्। 

उनी सहरिया युवती हुन्। तर कोभिडका कारण ३ वर्ष चीनमा भएको लकडाउनले आफूलाई प्रकृतिप्रेमी बनाएको उनी बताउँछन्।

रुखलाई अँगाल्नु साँच्चै फाइदाजनक छ?

मनोचिकित्सक डा. स्टोन क्रउसर रुख वा मानिस दुवैलाई अँगाल्नु शारीरिक र मानसिक रूपमा उत्तिकै फाइदाजनक भएको बताउँछन्। तर, कतिपयलाई मानिसको अँगालोमा बाँधिँदा सहज नलाग्ने हुँदा रुखलाई अँगालो हाल्नु पनि उत्तिकै फाइदाजनक भएको उनको भनाइ छ।

२१ मिनेटसम्म रुख वा मानिसलाई अँगालो हाल्दा त्यसले  अक्सिटोसिन हर्मोन वृद्धि हुने र यसले तनाव कम हुने उनले बताएका छन्। त्यसबाहेक आनन्द प्रदान गर्ने उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .