स्पेनिस विद्यालयमा एक शिक्षिकाले मानव आन्तरिक अंगबारे बुझाउन रोचक उपाय अपनायकी छिन्।
भालाडोलिडस्थित विद्यालयकी शिक्षिका भेरोनिका डुकुले साना विद्यार्थीहरुलाई मानव अंगबारे पढाउन बडिसुट पहिरिएकी हुन्।
उक्त बडिसुट पहिरनमा मानव आन्तरिक अंगहरुको चित्र छ। भेरोनिकाले नयाँ तवरबाट पढाइरहेको भिडियो सार्वजनिक भएको छ।
भिडियो
उनी भन्छिन्,‘८ देखि ९ वर्षका विद्यार्थीलाई मानव अंगबारे बुझाउन गाह्रो हुन्छ। त्यसैले आफूले मानव अंगको चित्र भएको बडिसुट पहिरिएकी हुँ। यसरी बढाएपछि उनीहरुले बिर्सदैनन्।’
विद्यार्थीहरुले पनि यसरी पढाएको बुझेको उनको भनाइ छ।
प्रतिक्रिया