ad ad

रोचक


प्रेमिका भेट्न गएको लुकाउन च्याते पासपोर्ट, प्रहरीले समातेर हाल्यो जेल

प्रेमिका भेट्न गएको लुकाउन च्याते पासपोर्ट, प्रहरीले समातेर हाल्यो जेल

नेपालखबर
साउन ३, २०७९ मंगलबार १३:५०, काठमाडौँ

भारतको मुम्बईमा ३२ वर्षीय एक व्यक्ति आफ्नो पासपोर्टबाट पानाहरु च्यातेको आरोपमा पक्राउ परेका छन्। आफ्नी श्रीमतीबाट आफ्नो भ्रमणको जानकारी लुकाउन ती व्यक्तिले पासपोर्टका पाना च्यातेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। 

समदर्शी यादव नाम गरेका ती व्यक्तिले पासपोर्टका केही पाना च्यातेको पाइएसँगै उनलाई माल्दिभ्स भ्रमणमा जानबाट रोकिएको थियो। 

टाइम्स अफ इन्डियाका अनुसार उनले अफ्नो विवाहोत्तर सम्बन्ध लुकाउन पासपोर्ट च्यात्ने गरेका थिए।

केही दिनअघि उनी आफ्नी प्रेमिका भेट्न विदेश गएका थिए। गत बिहीबार उनी भारत फर्किका थिए।

यद्यपि नयाँ भिसाको लागि पुरानो भिसाको जानकारी हुनु जरुरी हुन्थ्यो। तर उनलाई पासपोर्टको पाना च्यात्नु पनि गैरकानुनी हो भन्ने थाहा थिएन। 

सोधपुछको क्रममा समदर्शीले आफूले घरमा भारतभित्रै कार्यालयको काम छ भनेर प्रेमिका भेट्न बाहिर गएको र त्यसलाई लुकाउन पासपोर्टको पाना च्यातेको बयान दिएका थिए। 

प्रहरीले उनलाई प्रहरी गरी यस विषयमा थप अनुसन्धान अघि बढाइएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .