ad ad

रोचक


९० दिनमा ३ विवाह : दुई श्रीमतीले छोडिदिए, १ को मृत्यु भएपछि गरे आत्महत्या

९० दिनमा ३ विवाह : दुई श्रीमतीले छोडिदिए, १ को मृत्यु भएपछि गरे आत्महत्या

फाइल तस्बिर


नेपालखबर
साउन २, २०७९ सोमबार १३:५९, काठमाडौँ

भारतको राजस्थानस्थित उदयपुरका एक व्यक्तिले तीन महिनाभित्र तीन विवाह गरेका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ४२ वर्षीय खेमराज नाम गरेका व्यक्तिले ९० दिनमा तीन विवाह गरेका हुन्। तर, तीनमध्ये दुई श्रीमतीले फेरि पनि छाडेपछि भने उनले आत्महत्या गरेका छन्।

समाचारमा उल्लेख गरिएअनुसार उनकी एक श्रीमतीको भने मृत्यु भएको थियो। आफ्ना श्रीमतीहरुले छाडेर गएसँगै उनी तनावमा थिए। उनको शव फतहसागरको किनारामा एउटा रुखमा अड्किएको अवस्थामा फेला परेको हो। 

स्थानीयका अनुसार मृतकले अटो चलाएर आफ्नो परिवार पाल्दै आएका थिए। मृतक खेमराजका छोराका अनुसार उनी सानै छाँदै उसकी आमाले अर्कै व्यक्तिसँग विवाह गरेकी थिइन्।

त्यसपछि लामो समयसम्म खेमराजले विवाह गरेनन्। तर, पछि उनले तीन महिनाभित्र तीन विवाह गरे। जसमध्ये एक श्रीमतीको मृत्यु भएको थियो। अन्य दुईजना भने अर्कै व्यक्तिसँग भागेका थिए। 

छोराका अनुसार श्रीमतीहरुले छाडेर हिँडेसँगै खेमराज निकै तनावमा देखिन्थे। यसैबीच उनले आत्महत्या गरेको उनका छोराले बताएका छन्। प्रहरीले यस विषयमा अहिले अनुसन्धान भइरहेको बताएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .