ad ad

रोचक


जो विश्वकै सानो कार चढ्छन्

जो विश्वकै सानो कार चढ्छन्

नेपालखबर
चैत १९, २०७८ शनिबार ११:४५, काठमाडौँ

३१ वर्षीय एलेक्स ओर्चिन विश्वका सबैभन्दा सानो कार चलाउँछन्। मानिसहरु सानो कार चढेको भन्दै उनलाई खिसी गर्छन्।

तर, एलेक्स आफ्नो इन्धनमा हुने खर्च अन्य कारको तुलनामा निकै कम रहेको बताउँछन्। 

एलेक्सले चढ्ने कारको नाम पलि पी५० हो। यसको लम्बाई १३४ सेन्टिमिटर, चौडाइ ९८ सेन्टिमिटर र उचाइ १०० सेन्टिमिटर छ। यसको पेट्रोल ट्यांकी जम्मा ५ लिटरको छ। 

एलेक्स बेलायतको ससेक्स सहरमा यही कारबाट काममा जाने र आउने गर्छन्। उनको उचाइ ५ फिट ११ इन्च छ। उनी कारको अगाडि उभिँदा यी व्यक्ति कारभित्र अटाउलान् र? भन्ने भान हुन्छ। 

यो कारको विशेषता भनेको यसले दिने माइलेज हो। यो कारले प्रतिलिटर ४२ किलोमिटर माइलेज दिन्छ। यो कारको निर्माण बेलायतको पिल इन्जिनियरिङ्ग कम्पनीले गर्दै आएको छ। सन् १९६२ देखि १९६५ सम्म यो कारको निर्माण भएको थियो। तर, सन् २०१० पछि कम्पनीले पुनः यो कारको उत्पादन सुरु गरेको हो। 

यो कारको अधिकतम गति ३७ किलोमिटर प्रतिघण्टा छ। एलेक्सले यो कारमा बल्लबल्ल एउटा सपिङ ब्याग राख्न सक्छन्। यद्यपि एलेक्स आफूलाई यो कार चढ्दा कुनै किसिमको अप्ठ्यारो भने नहुने बताउँछन्। 

सन् २०१० मा पील पी५० लाई विश्वकै सानो कार घोषणा गरिएको थियो। यो कार गिनिज बुक अफ रेकर्डसमा पनि समावेश छ। द सनबाट
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .