माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सूचना प्रकाशन गर्दै एसईई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने जानकारी दिएको हो।
बोर्डले नतिजा प्रकाशन गर्न अन्तिम तयारी गरिरहेको छ।
२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ।
गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए।
8.0k
Shares
प्रतिक्रिया