रोचक


उत्तरपुस्तिकामा ‘जयश्रीराम’ मात्र लेखेका यूपीका ४ विद्यार्थीले ५० प्रतिशत अंक पाएपछि‍‍‍...

उत्तरपुस्तिकामा ‘जयश्रीराम’ मात्र लेखेका यूपीका ४ विद्यार्थीले ५० प्रतिशत अंक पाएपछि‍‍‍...

नेपालखबर
बैशाख १५, २०८१ शनिबार १७:५१,

भारतको उत्तर प्रदेश राज्यमा चार विद्यार्थीले उत्तरपुस्तिकामा जयश्रीराम लेखेकै भरमा ५० प्रतिशत अंक पाएको एक घटना बाहिरिएको छ। 

यो घटना यूपीको सरकारी वीरबहादुर सिंह पूर्वाञ्चल विश्वविद्यालयको हो। 

उनीहरुले जय श्रीरामका अलावा क्रिकेटरहरुको नाम पनि उत्तरपुस्तिकामा लेखेका थिए। उनीहरु डिप्लोमा इन फार्मेसीका विद्यार्थी हुन्।

सूचनाको हक प्रयोग गरी आवेदन दिइएपछि यो अनौठो घटनाको खुलासा भएको थियो। त्यसलगत्तै छानबिनपछि ती विद्यार्थीलाई शून्य अंक दिइएको छ।

छानबिन समितिले ती विद्यार्थीलाई अंक दिने दुई शिक्षकलाई बर्खास्त गर्न सिफारिस गरेको छ। 

सोही विश्वविद्यालयका पूर्वविद्यार्थी दिव्यांशु सिंहले सूचनाको हक प्रयोग गरी आवेदन दिएका थिए। 

उनले गभर्नरकहाँ उजुरी दिएपछि सो घटनाको छानबिन भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .