अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह विवादमा तानिएका छन्। एक टेलिभिजनमा उनीहरुले अभिनेत्री जस्सिता गुरुङको निजी जिवनबारे दिएको अभिव्यक्ति विवादित बनेको हाे।
केही दिनअघि दुवै एकसाथ ‘इट्स माइ शो’ कार्यक्रममा पुगेका थिए। जहाँ कार्यक्रमकी होस्ट ओसिन सिटौलाले बजर राउन्डमा प्रश्न सोधेकी थिइन्।
‘धिरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन्?’ प्रश्नको जवाफ दिन स्वस्तिमाले हतार गर्दैँ बजर बजाइन्। र, जस्सिता गुरुङको नाम लिइन्। लगत्तै साम्राज्ञीले भनिन्, ‘प्रदीप खड्का, धीरज मगर र अहिले अनमोल केसी!’
त्यसपछि तीनैजना बेस्सरी हाँसे।
त्यस्तै, अर्को प्रश्नमा ओसिनले सोधिन्, ‘अनमोल केसीका कतिवटा गर्लफेन्ड थिए र उनीहरुको नाम के हो?’
यी दुवै अभिव्यक्ति स्वस्तिमा र साम्राज्ञीलाई भारी परेको छ। राष्ट्रिय टेलिभिजनमा गएर चर्चित अभिनेत्रीले अरुको निजी जिवनबारे बोल्नु गलत भएको भन्दै उनीहरुको आलोचना भइरहेको छ।
जस्सिताले दुवैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै इन्स्टाग्राममा स्टाट्स लेखेकी छिन्।
‘मैले यस बारेमा बोलिरहेकी छु। मैलै कहिल्यै पनि बुझ्न सकिनँ कि मानिसहरु राष्ट्रिय टेलिभिजनमा कसैको निजी जीवनको बारेमा किन कुरा गर्छन्?, जबकि उसलाई व्यक्तिगत रुपमा राम्रोसँग नै चिनेको हुँदैन। यो अन्तर्वार्ता हेरेपछि मलाई यी व्यक्तिप्रति निकै दुःख लागेको छ। के एक महिला अर्को महिलालाई निच देखाउँदै छौँ?,’ उनले प्रश्न गरेकी छिन्।
त्यसैगरि, अरुको विगतबारे थाहा नपाएर जथाभावी बोलेको उनको आरोप छ।
‘के तपाईंहरु यो बुझ्न हुन्छ कि, तपाईंको कार्यले कतिको जीवन प्रभावित हुन्छ? के तपाईंहरु म आफ्नो विगतमा कुन अवस्थामा गुज्रिएको थिएँ भन्ने जान्नुहुन्छ? के तपाईंहरुलाई लाग्दैन कि मेरो परिवारले यो हेरिरहेका छन् भन्ने? एक महिलाको रुपमा तपाईंहरु समाजका लागि कुन तरिकाको उदाहरण स्थापित गर्दै हुनुहुन्छ? कसैलाई सार्वजनिक रुपमा बदनाम गरेर र उसको निजी जिन्दगीमा चर्चा कमाउनुको कारण के हो?,’ जस्सिताकाे प्रश्न छरु
अभिनेता अनमोल केसी जसिताको पक्षमा उभिएका छन्। उनले पहिले वास्तविक चरित्रमा ध्यान दिएर त्यसपछि रिल लाइफबारे ध्यान दिन महिलाहरुलाई अनुरोध गरेका छन्।
‘भावनात्मक बदमासी वा मानसिक बदमासी भनेको अर्को व्यक्तिलाई अलग गर्न, खिल्ली वा जिस्काउने शब्दहरुको प्रयोग हो। भावनात्मक बदमासीले व्यक्तिको भावना, आत्मविश्वास र आत्ममूल्यलाई लक्षित गर्छ,’ उनले भनेकी छन्।
जस्सिता ले असन्तुष्टि जनाएकी र सामाजिक सञ्जालमासमेत आलोचना भएपछि दुवै अभिनेत्रीले माफी मागेका छन्। उनीहरुले जस्सिताको पोस्टमा कमेन्ट गर्दैँ माफी मागेका हुन्।
स्वस्तिमाले जसिताको भावनामा चोट पुर्याएको भन्दै आफूहरु सधैँ राम्रो साथी रहेकाे उल्लेख गरेकी छिन्। साम्राज्ञीले पनि आफूले कुनै पनि महिला मात्र नभइ कसैलाई पनि नीच देखाउनेबारे नसोच्ने बताउँदै माफी मागेकी छिन्।
यद्धपी, साम्राज्ञीले भने आफूलाई ‘ब्लक’ गरेको जस्सिताले उल्लेख गरेकी छिन्।
Shares
प्रतिक्रिया