ad ad

रोचक


चोर्न पसेका व्यक्ति एसीको शीतलमा निदाए, ब्युँझाउन आइपुग्यो प्रहरी

चोर्न पसेका व्यक्ति एसीको शीतलमा निदाए, ब्युँझाउन आइपुग्यो प्रहरी

नेपालखबर
जेठ २१, २०८१ सोमबार १३:५१,

भारतको उत्तर प्रदेश राज्यस्थित लखनउमा चोर्न भनेर एक घरमा प्रवेश गरेका व्यक्ति निदाइराखेको अवस्थामा पक्राउ परेका छन्।

मदिराले मात्तिएका उनी एसी भेटाएपछि खोलेर त्यहीँ निदाएको प्रहरीले जनाएको छ।

यो घटना आइतबार बिहानीपख भएको प्रहरीको भनाइ छ। ती व्यक्ति लखनउको इन्दिरानगर क्षेत्रमा एक डाक्टरको घरमा पसेका थिए।

तर, डाक्टरको परिवार वाराणासीमा भएकाले मान्छे कोही थिएनन्। 

त्यसपछि एसी खोलेर उनी आनन्दले भुइँमा सुते। 

बिहान घरको सामुन्ने गेट खुला देखेपछि छिमेकीहरुले ती डाक्टरलाई फोन गरे। डाक्टरले आफू घरमा नभएको बताउँदै प्रहरीलाई बोलाए।

त्यसपछि प्रहरी घरमा आइपुग्यो। जसले सुतिरहेका व्यक्तिलाई उठायो। 

प्रहरीले सार्वजनिक गरेको तस्बिरमा ती व्यक्ति हातमा फोन समातेर निदाइरहेका देखिन्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .