साओमीका अनुसार उसको नयाँ फोनले ‘अत्यधिक मात्रामा स्पष्ट तस्बिर’ कैद गर्छ।
एमआइसीसी ९ प्रो प्रिमियम नाम गरेको उक्त फोन हालका लागि चिनियाँ बजारमा मात्र उपलब्ध हुनेछ।
सार्वजनिक भएको नयाँ फोनमा दक्षिण कोरियाली कम्पनी सामसुङले विकास गरेको हाइरिजोल्युसन सेन्सर राखिएको छ। यद्यपी सामसुङले भने उसको उत्पादनमा यो ’फिचर’ राखिसकेको छैन।
अनुसन्धान गर्ने कम्पनी क्यानलिजका अनुसार साओमी हाल विक्रीका हिसाबले विश्वकै चौथो ठूलो स्मार्टफोन उत्पादक हो।
युरोपमा उक्त फोनको विक्री तीव्र रूपमा फैलिँदैछ र सन् २०२० मा जापानमा समेत बजार विस्तार गर्ने कम्पनीले घोषणा गरिसकेको छ।
हालसम्म १०० मेगापिक्सलभन्दा बढीको सेन्सर मध्यम स्तरका डिजिटल क्यामेरामा प्रयोग गरिन्थ्यो जसको मूल्य हजारौँ पाउन्ड पर्न सक्छ।
गुणस्तर राम्रो हुने भए पनि उक्त १०८ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्नेछ। त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्नेछ।
तर उक्त फोनमा कम रिजोल्युसनमा तस्बिर खिच्न सकिने विकल्प पनि राखिएको छ। बीबीसी
प्रतिक्रिया