ad ad

कला


नेवार समुदायलाई चोट पुर्‍याएको मुद्दामा कमेडियन अपूर्व क्षितिज दोषी ठहर

नेवार समुदायलाई चोट पुर्‍याएको मुद्दामा कमेडियन अपूर्व क्षितिज दोषी ठहर

नेपालखबर
मंसिर १३, २०८० बुधबार ७:१५, काठमाडौँ

नेवार समुदायप्रति दिएको अभिव्यक्तिसम्बन्धी मुद्दामा कमेडियन अपूर्व क्षितिज सिंहलाई अदालतले दोषी ठहर गरेको छ। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले यही मंसिर १० गते सिंहलाई दोषी ठहर गर्दै १० हजार जरिवाना तिराउने फैसला सुनाएको हो।  

स्ट्यान्ड अप कमेडीमा नेवार समुदायको परम्पराका सम्बन्धमा गरेको प्रस्तुति युट्युबमा सार्वजनिक भएको थियो। जसप्रति नेवार समुदायले आपत्ति जनाएका थिए। 

नेवार समुदायमा प्रचलित ‘बेल विवाह’लगायत विषयमा सिंहले बोलेका कुराको व्यापक विरोध भएपछि माफी माग्दै उनले उक्त भिडिओ युट्युबबाट हटाएका थिए। तर नेवार समुदायका तर्फबाट पृथविन्दु महर्जनलगायत व्यक्तिले सिंहविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी पनि दिएका थिए। त्यसपछि सिंह २०७९ भदौ १२ गते पक्राउ परेका थिए। 

तर उनलाई कोरोना संक्रमण भएपछि प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको थियो। कोरोना संक्रमणमुक्त भएपछि प्रहरीले सिंहलाई पुनः पक्राउ गरी मुद्दा चलाएको थियो। उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्ध र जातीय भेदभाव तथा छुवाछूत तथा सामाजिक रीतिथितिमा खललसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो। 

सो मुद्दामा आइतबार फैसला गर्दै काठमाडौँ जिल्ला अदालतले सिंहलाई दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। उक्त कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्था भए पनि सिंहलाई भने १० हजार रुपैयाँ जरिवाना मात्रै गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .