उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएपछि अभिनेत्री तथा होस्ट रिमा विश्वकर्मा र अभिनेता आशिफ साहलाई समानुपातिक उम्मेदवारको सूचीमा समेटिएको छ।
सोमबार राति रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा रिमालाई महिला दलित र आशिफलाई मुस्लिम पुरुष क्लस्टरमा राखिएको हो।
रिमा कुलमान घिसिङको पार्टी उज्यालो नेपालकी केन्द्रीय सदस्य हुन्।
यस्तै होस्टसमेत रहेका आशिफले २ रुपैयाँ, जन्ते बाख्रोलगायत फिल्म खेलेका छन्।
सोमबार राति मात्र रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्रीसमेत रहेका कुलमानबीच राजनीतिक एकताको सहमति भएको हो।
सहमतिअनुसार उज्यालो नेपाल पार्टीले रास्वपाको केन्द्रीय कमिटिमा वरिष्ठ उपसभापति र महामन्त्री पदसहित र ३० प्रतिशत हिस्सा पाउनेछ।
वरिष्ठ उपसभापतिमा कुलमान आफैँ जाने भए पनि महामन्त्री कसलाई पठाउने भन्ने पार्टीले निर्णय गर्न बाँकी छ।
Shares

प्रतिक्रिया