ad ad

कला


को–को पुगे ‘शाम्बाला’ को प्रिमियरमा? (तस्बिरहरू)

को–को पुगे ‘शाम्बाला’ को प्रिमियरमा? (तस्बिरहरू)

सरोज बैजु
भदौ २३, २०८१ आइतबार १९:१७, काठमाडौँ

आगामी भदौ २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘शाम्बाला’ को काठमाडौँमा आइतबार साँझ प्रिमियर भएको छ। 

मीन भामले निर्देशन गरेको यो चलचित्रको प्रिमियरमा सहभागी हुन भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी र निर्देशक अनुराग कश्यप पनि शनिबार नै काठमाडौँ आइपुगेका थिए।

काठमाडौँको छायाँ सेन्टरस्थित क्यूएफएक्स हलमा आयोजित प्रिमियर सोमा सहभागी हुन बलिउड अभिनेतासहित राजनीतिकर्मी र नेपाली फिल्मकर्मीको बाक्लो उपस्थिति छ। 

प्रिमियरमा सहभागी हुन उपसभामुख इन्दिरा राना, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रि प्रसाद पाण्डे, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्मा, रास्वपा सांसद सुमना श्रेष्ठ, कलाकारहरू मिरुना मगर, केकी अधिकारी, नाजिर हुसेन, माल्भिका सुब्बा लगायतको उपस्थिति थियो।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म हो।

फिल्मले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपति प्रथाको कथा प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ। 

प्रिमियरका केही तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .