पत्रकार तथा साहित्यकार भक्तिप्रसाद रिजाल ‘प्रादेशिक प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन्। रिजाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्कार- २०८० द्वारा सम्मान गरेको हो।
‘संस्कृति’ बिधातर्फ मधेस प्रदेशबाट रिजाललाई सम्मान गरिएकाे मन्त्रालयले जनाएकाे छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ५० हजार रुपैयाँ नगदसँगै दोसल्ला ओडाएर रिजाल लाई सम्मान गरेका हुन्।
सर्लाहीको हरिवन निवासी रिजाल पत्रकारितासँगै भाषा, संस्कृतिको क्षेत्रमा क्रियाशील छन्।
५० को दशकमा रिजाल लामो समय अनेरास्ववियु (क्रान्तिकारी) काे केन्द्रीय समितिमा रहेर विद्यार्थी आन्दोलनमा पनि सक्रिय थिए।
15
Shares

प्रतिक्रिया