एसिड पीडित किशोरी मुस्कान खातुनलाई नायक राजेश हमालले भेटेका छन्। उपचाररत मुस्कानलाई अस्पतालमा भेटेपछि हमालले उनको काटिएको एउटा कानको ठाउँमा कृत्रिम कान राखिदिने बाचा गरेका छन्।
त्यस्तै गायक राजु लामाले पनि मुस्कानलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
यसअघि चर्चित भारतीय नायक अमिताव बच्चन, नायक बरुण धवन, नायिका कृती सेनन् लगायतले भिडियो सन्देश पठाउनुका साथै विभिन्न नेपाली सेलीब्रेटीहरुले पनि सान्त्वना दिएका छन्।
मुस्कानमाथि भदौ २० गते बिहानै दुई युवकले एसिड प्रहार गरेका थिए। बीरगञ्जको रेशमकोठीस्थि त्रिभुवन उच्च माविमा कक्षा ९ मा अध्ययनरत मुस्कानलाई प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै ति युवाले तेजाव खन्याएका हुन्।
एसिडका कारण उनको दाहिने गाला, छाती र हात जलेको छ।
प्रतिक्रिया