बलिउड अभिनेत्री श्रुति हसनले आफ्नो प्रेम सम्बन्ध र विछोडबारे खुलेर कुरा गरेकी छन्। आफ्नो जीवनबारे बताउँदै उनले आफू सधैभरी साचो प्रेमको खोजिमा रहेको बताएकी छन्।
हालै एक अन्तर्वार्तामा उनले आफ्नो ब्यक्तिगत जीवनको विविध आयामबारे खुलासा गरेकी हुन्। ‘तपाईंको धेरै जनासँग सम्बन्ध टुटिसकेको छ’ भन्ने प्रश्नको उनले जवाफ दिएकी छन्। उनी भन्छिन्, ‘होइन एकवल एक जनासँग।’ उनले आफ्नो प्रेम सम्बन्धमा आफूले धेरै कुरा सिकेको समेत बताएकी छन्।
साथै उनले आफू अन्त्यहिन प्रेमको खोजिमा रहेको समेत बताइन्। साथै उनले इमानदार, सेन्स अफ ह्युमर भएको, धोकेबाज नभएको केटा आफ्नो रोजाइमा पर्ने बताएकी छन्।
3
Shares
प्रतिक्रिया