ad ad

कला


सलमान खानलाई जीवनकै सबैभन्दा ठूलो राहत

सलमान खानलाई जीवनकै सबैभन्दा ठूलो राहत

नेपालखबर
असार ३, २०७६ मंगलबार ६:२९,

बलिउड स्टार सलमान खानले हिरण शिकार मामिलामा सफाई पाएका छन्। सीजेएम जोधपुर जिल्ला कोर्टले उनलाई सफाइ दिएको हो।

कोर्टले सरकारले धारा ३४० मा टेकेर दायर गरेको मुद्दालाई लामो सुनुवाइपछि सोमबार खारेज गरेको हो।

यसअघि कोर्टमा सलमानमाथि हिरण शिकार मामिलाको सुनाई दौरान हतियारको लाइसेन्स हराएको विषयमा एक शपथ पत्र पेश गरिएको थियो।

२००६ मा राजकीय अभिवक्ताको तर्फबाट कोर्टमा धारा ३४० को प्रार्थना पत्र पेश गरेर सलमानमाथि कोर्टलाई अँध्यारोमा राखेको आरोपसहितको मुद्द लगाइएको थियो।

तर, यस्तो मुद्दा लगाइएको १३ वर्षपछि सलमानले ठूलो राहत पाएका छन्।

फिल्म ‘हम साथ साथ है’ को सुटिङका क्रममा सलमानमाथि हिरण शिकारको ३ र हतियारको सम्बन्धमा १ मुद्धा दायर भएको थियो।

सलमानले सफाई नपाएको भए धारा ३४० अनुसार उनलाई ७ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .