प्रधानमन्त्री केपी शर्मा ओली बोल्न कार्यक्रम निश्चित भइसकेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणसहितका विषयमा संसदलाइ जानकारी गराउने कार्यक्रम थियो।
प्रधानमन्त्री संसदमा बोल्न रोस्टममा पुग्नासाथ प्रतिपक्षी सांसदले विरोध गरेका थिए। त्यसपछि उनी फर्किए।
सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदहरूलाइ बारम्बार आफ्नो सिटमा बस्न आग्रह गरेका थिए।
सभामुखको रूलिंग बाबजुद प्रमुख प्रतिपक्षी सांसदहरूले नारा लगाउन नछोडेपछि सभामुख महराले बुधबार बिहान ११ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।
प्रम अगाडि देउवाले बोल्न पाउनु पर्ने माग
प्रम ओलीले बोल्नु अघि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनु पर्ने माग कांग्रेसले राखेको थियो। विहान ११ बजे बस्ने भनिएको बैठक प्रमुख प्रतिपक्षी दलको यस्तो माग पछि समयमै सुरू हुन सकेन। कार्यव्यवस्था समितिको बैठकमा को पहिला बोल्ने भन्न्रे विषयमा सत्तापक्ष–प्रतिपक्षबीच वार्ता भएको थियो। दुवैबीच कुनै सहमति हुन नसकेपछि संसदको बैठक सुरु त भयो, तर कांग्रेसका सांसदहरुले नारावाजीका साथ सदन अवरुद्ध सुरु गरे।
प्रतिक्रिया